Madhyabindu News App
स्वास्थ्य

मंगलबार थप ३सय १६ जनामा कोरोना संक्रमण संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुग्यो

Madhyabindu Online

(काठमाण्डौं) – मंगलबार कोरोनाका ३ सय १६ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ३ सय १६ संक्रमित थपिएको जानकारी दिए। यो संख्या थपिएसँगै कुल संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ।

त्यस्तै मंगलबार विभिन्न अस्पतालबाट ६० जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा ५१ पुरुष र ९ महिला छन्। यीसहित हालसम्म कुल ३ हजार १ सय ९४ जना कोरोनाबाट मुक्त भएका छन्। २९ जनाले कोरोना संक्रमण भई ज्यान गुमाएका छन्।

विगत २४ घण्टामा मुलुकभर ४ हजार ७ सय ११ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म कुल २ लाख २८ हजार ३ सय ४१ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Tags

छुटाउनु भयो कि ?