Madhyabindu News App
स्वास्थ्य

बुधबार थप ४ सय ८२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ हजार ४६

Madhyabindu Online

काठमाडौं – बुधबार कोरोनाभाइरसका चार सय ८२ जना नयाँ संक्रमित थपिएका छन्। देशका २३ वटा प्रयोगशालामा पिसिआर विधिबाट परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

बुधबार सम्म कुल संक्रमितको संख्या १४ हजार ४६ जना पुगेको हो।अहिलेसम्म चार हजार छ सय ५६ जना कोरोना निको भएर घर फर्किएका छन्।

कोरोनाबाट नेपालमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ। बुधबार अछामका एक जनाको मृत्यु भएको हो। उनी मधुमेहका बिरामी थिए। गत असार १६ गते उनमा कोरोना पुष्टि भएको थियो।

Tags

छुटाउनु भयो कि ?