
पर्सामा गरिब सँग बिशेश्वर कार्यक्रम अन्तर्गत तरकारीको बिउ तथा शैक्षिक सामाग्री वितरण
छिपहरमाइ/पर्सा – पर्साको छिपहरमाइमा गरिब सँग बिशेश्वर कार्यक्रम अन्तर्गत मंगलबार एक कार्यक्रम बिच छात्र छात्रा हरुलाई शैक्षिक सामग्री र संस्था का किसान हरु लाई बेमौसमीक तरकारी को बिउ वितरण गरिएको छ।
छिपहरमाई गाउंपालिका वार्ड नः १ मिर्जापुर अन्तर्गत सञ्चालित गरीबसंग विशेश्वर कार्यक्रम मा अबध ,दलित, तथा अति विपन्न छात्र छात्रा हरुलाई स्कूल झोला, कापी ,पेन्सिल लगायतको शैक्षिक सामग्री वितरण गरिएको थियो । गरीब संग विशेश्वर कार्यक्रम का स्वा. प. मनोज कुमार सवर्णकार को अध्यक्षता र वडा अध्यक्ष राज बली राउत अहिर को आतिथ्यतामा उक्त सामाग्री वितरण गरिएको हो ।
यसका साथै मिर्जापुर मा रहेका २ ० वटा विभिन्न सामुदायिक संस्थाका किसानहरुलाई गरीब संग विशेश्वर कार्यक्रम अन्तर्गत बेमौसमी तरकारीको बिउ पनि वितरण गरिएको छ । सामुदायिक संस्था मिर्जापुर का किसानहरुले ,फर्सी,काक्रो , बोडी ,घिरौला, करेला,बोडी, लगायत विभिन्न किसिमको साग सब्जी को बिउ प्राप्त गरेका हुन् ।
सो अवसरमा बोल्दै छिपहरमाई गाउँपालिका वार्ड नः १ का वडा अध्यक्ष राज बली राउत अहिरले गरीब संग विशेश्वर कार्यक्रम मा विपन्न कृषकहरुको आर्थिक आय स्रोतमा बृद्धि गर्नेतर्फ जोड दिनुपर्ने बताए । उनले लकडाउनमा खाली भएको समयलाई सदुपयोग गरी विभिन्न किसिमका आय आर्जनमा जोडिन आवश्यक रहेकोको औल्याउँदै निः शुल्क रुपमा पाएको बिउबाट धेरै भन्दा धेरै तरकारी उत्पादन गरी आर्थिक लाभ लिन आग्रह गरे ।
सो कार्यक्रम मा बिउ पुजी को अध्यक्ष विनय शंकर उपाध्याय, हिरालाल यादव, रमेश महतो, नन्दलाल यादव, रामेश्वर यादव, उर्मिला देवी, हिरा देवी, अहंकारी देवी, चम्पा देवी, पत्रकार धर्मेन्द्र प्रसाद यादव लगायत को उपस्तीथी रहेको थियो।