Madhyabindu News App
मनोरञ्जन

तारा अधिकारिको पराईको सिन्दुर बजारमा

Madhyabindu Online

काठमाण्डौं – गीतकार तारा अधिकारीको पराईको सिन्दुर  म्युजिक भिडियो सार्वजनिक भएको छ । यसअघी मायाको घर, लुकिलुकि चोरिचोरि, फुलेको केश, ए हावा, बिश्वासको दियो, माटोको सिन्दुर, छड्के नजर, आँखै आँखाको, जस्ता अनेकौं चर्चित म्युजिक भिडियो मार्फत साङ्गितिक क्षेत्रमा ख्याति कमाईसकेकि अधिकारिको उक्त गिति एल्बममा  विछोड भएपछि हुने प्रेमलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

नरेन्द्र प्यासीको स्वर तथा संगीत रहेको उक्त गिति एल्बममा  जीवन भट्टराई र तारा अधिकारीको अभिनय रहेको छ । भिडियोमा ताराको विछोडमा जीवन तड्पिएको देखाइएको छ ।शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समर सहायक निर्देशकको रुपमा रहेका छन् । अर्जुन तिवारी र टिमले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोमा सुप्रिम पराजुलीको कलर ग्रेडिङ रहेको छ । यस गीत गीतकार ताराकै युट्युब च्यानल ‘सुनौलो तारा’बाट सार्वजनिक गरिएको हो ।

Tags

छुटाउनु भयो कि ?