Madhyabindu News App
मुख्य खबर​

नेपालमा भारतीय न्यूज च्यानल प्रशारण बन्द

Madhyabindu Online

काठमाडौं । नेपाल भारतीय न्यूज च्यानलहरुको प्रसारण बन्द भएको छ ।

विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका हुन् ।

वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शन बाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समटेर नयाँ राजनीतिक नक्सा प्रकाशन गरेपछि चिढिएको भारतले पछिल्लो समय नेपालका बारेमा विभिन्न अनर्गल प्रचार गरिरहेका छन् ।

पछिल्लो समय नेपाल र नेपालका प्रधानमन्त्रीका बारेमा भारतीय टिभी च्यानलहरुले अतिरञ्जित र अनर्गल प्रचार गरिरहेका छन् ।

भारतका मिडियिाहरुले पछिल्लो समय प्रधानमन्त्री तथा चिनियाँ राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए ।

Tags

छुटाउनु भयो कि ?