Madhyabindu News App
समाज

बिपत्तिमा परेकाहरुको सहयोगमा जुट्न सिन्धु कांग्रेसको अनुरोध

Madhyabindu Online

सिन्धुपाल्चोक – नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं १ अन्तरगत भोटेकोसी ,तातोपानी एरियामा हिजो साझ देखि परेको अविरल बर्षा सँगै आएको बाढी पहिरोका कारण बिपत्तिमा परेका हरुलाई सहयोग गर्न सबैमा अनुरोध गरेको छ ।

कांग्रेस जिल्ला सभापति बिकास लामा द्वारा जारी विज्ञप्तिमा भोटेकोसी नदिमा नदिको बहाव बढे संगै भोटेकोसी को जम्बु भन्ने ठाउँमा पहिरो गै जन-धनको क्षति भएको खबरले नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक स्तब्ध भएको जनाउँदै बाह्रबिसे तातोपानी खण्ड पहिरोको जोखिम युक्त क्षेत्र भएकोले यस क्षेत्र वरिपरिका सम्पुर्ण बासिन्दाहरुमा सुरक्षीत ठाँउ तर्फ गै बस्नका लाागि अनुरोध गरिएको छ ।

साथै कांग्रेसले तत्काल उद्धारको लागि नेपाल सरकार सँग आग्रह गर्दै  सिन्धुपाल्चोक नेपाली काङ्ग्रेस का सबै तहका नेता कार्यकर्ता हरूलाई राहत तथा उद्धार  कार्यमा जुट्नको लागि अनुरोध गरेको छ ।

Tags

छुटाउनु भयो कि ?