Madhyabindu News App
समाज

सिन्धुपाल्चोकको बिपत्तिमा नेबिसंघ द्वारा दु:ख व्यक्त, आवश्यक सहयोगमा जुट्न सबैमा अनुरोध

Madhyabindu Online

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको भोटेकोसी नदि आसपास गए राति भीषण बर्षा सँगै आएको बाढी पहिरोका कारण भएको धन-जनको क्षति प्रति नेपाल विद्यार्थी संघले गहिरो दुख व्यक्त गरेको छ ।

सिन्धु कांग्रेसका युवा नेता तथा नेबिसंघका केन्द्रिय महामन्त्री बलदेव तिमल्सिनाले आज एक विज्ञप्ति जारी गर्दै गएराती आएको बाढीबाट सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी नदि किनारका भोटेकोसी गाउपालिका, बाह्रबिसे नगरपालिका,त्रीपुरासुन्दरी तथा बलेफी गाउॅंपालिकाका बस्तिहरु कटान भै धनजनको ठुलो क्षेती हुनपुगेको छ ।सम्भाबित जोखिम सॅंग सतर्क रहन र यो दु:खद घडीमा मानबिय उद्दारमा लागिदिन हुन सबैमा अनुरोध गरेका छन् ।

जारी विज्ञप्तिमा घटना प्रति दुख प्रकट गर्दै जोखिममा रहेका बस्ती र ब्यक्तिहरुको उद्धार,पीडित लाई उचित क्षतिपूर्ति, बेपत्ताको खोजी तथा घाइतेहरुको उपचारको लागि सरकार सँग जोडदार माग गर्दै स्थानीय तहमा रहेका नेबिसंघ आवद्ध बिद्यार्थी हरुलाई सहयोगमा जुट्न आग्रह गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?