Madhyabindu News App
मनोरञ्जन

अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि

Madhyabindu Online

काठमाडौं  – बलिउड नायक अमिताभ बच्चनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि बलिउडका चर्चित नायक अमिताभ बच्चनलाई कोरोना पोजिटिभ देखिएको थियो ।

कोरोना संक्रमित भएपछि उनी अस्पताल भर्ना भएका छ । अमिताभले सामाजिक संजालबाट यो कुराको जानकारी दिएका हुन् । योसँगै उनको परिवारका सम्पूर्ण सदस्यको कोरोना परीक्षण गरिएको थियो ।

अभिषेकले आफ्नो आधिकारिक ट्वीटर मार्फत् आफू र बुवा अमिताभलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

भारतीय मिडियाका अनुसार, अमिताभका छोरा नायक अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफू र पिता अमिताभलाई एउटै लक्षण देखिएपछि अस्पताल भर्ना भएको उल्लेख गरेका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘मेरा बुवा र मलाई कोरोना संक्रमण भएको छ । हामी दुवैलाई कोरोनाका सामान्य लक्षणहरू देखा परेका छन् । हामीले सबै सम्बन्धित निकायलाई खबर गरिसक्यौं र हाम्रा परिवारका अन्य सदस्यहरूको पनि परीक्षण भइरहेको छ । म सबैलाई शान्त रहन र नआत्तिन आग्रह गर्छु । धन्यवाद ।’

बलिउडका धेरै कलाकार र प्रशंसकहरूले अमिताभ र अभिषेक दुवैको शीघ्र स्वास्थ्य लाभ कामना गरेका छन्।

Tags

छुटाउनु भयो कि ?