Madhyabindu News App
प्रदेश २

रोकिएन भारतीय सिमानाकामा तस्करी

Madhyabindu Online


A A- A+

पर्सा – पर्साको छिपहरमाई गापाको भिस्वा नाकामा तीब्र रूपमा तस्करी बढिरहेको समाचार प्राप्त भएको छ । स्रोतअनुसार भिस्वा चौकीका सइ प्रेमकुमार खत्रीको कमाण्ड मा खटिएको टोली ले शनिवार राती तस्करी गर्न लागेको कपडा बरामद गरेको हो ।

गस्ती गरिरहेको बेला भारतको सिकटाबाट लकडाऊनमा पनि लुकीछुपी कपडा ल्याईरहेको अवस्थामा भिस्वा चैकीको गस्ती टोलिले कपडा समातेको हो ।  २ बोरामा गन्जी ५३०पिस,अण्डर वेयर ५५पिस ,हाप कटु ३३२पिस पक्राउ गरीएको भिस्वा चौकी स.ई.प्रेम खत्रीले जनकारी दिए।

प्रहरीका अनुसार उक्त समान इलाका प्रहरी कार्यालय पोखरिया मा बुझाइएको छ । कोभिड -१९को बेला भिस्वा नाका बन्द छ तर सिमामा खटिएका शस्त्रप्रहरी हुदा पनि तस्करी रोकिएको छैन ।शस्त्रप्रहरी को मिलोमतमा भिस्वा, बुडगाही नाका बाट राता रात तस्करी भईरहेको आशंका स्थानीयले गरेका छन् ।

छुटाउनु भयो कि ?