कला-साहित्य

बिमला हुमागाइको “अधबैंसे आइमाई” बजारमा

Madhyabindu Online


A A- A+

काठमाडौं –  गीत तथा भजन लेखनमा आफ्नो छुट्टै पहिचान बनाएकी लेखिका बिमला हुमागाई पुस्तक लेखनमा पनि उत्तिकै चर्चामा छिन । लेखन विधामा आफ्नो गतिलो छवि निर्माण गरेकी लेखिका बिमला हुमागाईको दक्षता गीत तथा भजन लेखनमा मात्र नभइ पुस्तक लेखनमा समेत स्थापित भएको पाइन्छ ।

आफ्नो लेखन कलालाई निरन्तरता दिने क्रममा लेखक,साहित्यकार तथा गीतकार बिमला हुमागाइको पछिल्लो उपन्यास “अधबैंसे आइमाई” लोकार्पणको तयारीमा छ । चक्रवर्ती हवि एजुकेसन एकेडेमीका अध्यक्ष देवेन्द्र बहादुर भण्डारीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच यहि साउन १४ गते उक्त उपन्यास लोकार्पण हुन लागेको हो ।

मदर विष्णुमाया इन्टरनेशनल एकेडेमीको आयोजनामा काठमाडौंको थापागाउँ स्थित घोष्ट राटिङ नेपालको कार्यालयमा बुधबार बिहान ११ बजे उक्त उपन्यास लोकार्पण कार्यक्रम हुने आयोजक संस्थाले जनाएको छ ।

छुटाउनु भयो कि ?