Madhyabindu News App
कला-साहित्य

प्रचण्डको पुस्तक ‘गणतन्त्रको पहिलो दशक’ बजारमा

Madhyabindu Online

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा व्यक्त विचारहरूको संगालो पुस्तकको रुपमा प्रकाशित भएर बजारमा आएको छ ।

संविधानसभा र व्यवस्थापिका संसदमा प्रचण्डले व्यक्त गरेका विचारहरु सम्पादनपछि संग्रहित ‘गणतन्त्रको पहिलो दशक’नामक पुस्तक सार्वजनिक भएको हो । पुस्तकमा २०६५ सालदेखि २०७५ सम्म संविधानसभा र व्यवस्थापिका संसदमा प्रचण्डद्वारा व्यक्त विचार विभिन्न ४२ शीर्षकमा समेटिएका छन् ।

‘२४० वर्ष लामो राजतन्त्रलाई परास्त गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान निर्माण र त्यो संविधानअन्तर्गत रहेर स्थानीय, प्रादेशिक र संघीय निर्वाचन गराउन भोगिएका पेचिला परिघटना र संघर्षलाई प्रस्तुत पुस्तकले उजागर गरेको छ’, प्रचण्डको सचिवालयद्वारा जारी प्रेस नोटमा भनिएको छ ।

३८५ पृष्ठको उक्त पुस्तकको मूल्य ५ सय रुपैयाँ राखिएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको कभरमा भने प्रचण्डकै नाम राखिएको छ ।

Tags

छुटाउनु भयो कि ?