Madhyabindu News App
मनोरञ्जन

नवलपुर का नवगायक तेजको माथी माथी लेकमा धुपीको बोट : बोल गितको भिडियो सार्वजनिक

Madhyabindu Online

सिन्धुपाल्चोक – सुमधुर स्वर भएका युवा नव गायक नवलपुरका तेज थिङले आफ्नो स्वरमा रहेको गीतको भिडियो सार्वजनिक गरेका छन।

माथि माथि लेकममा धुपिको बोट बोलको गीत ClickNepal युटुब च्यानल बाट सार्वजनिक गरेको हो । आस्मान लोप्चनको शब्द प्रकाश तामाङ तितुङको संगीत रहेको गीत माथि माथि लेकमा बोलको गीतको भिडियो निर्देशन र सम्पादन समेत आस्मान लोप्चनलेनै गरेका छन ।

चाँद सिङको संगित संयोजन एवम गोबिन्द सोनिको ध्वनी सम्पादन रहेको गीतको भिडियो छायांकन र रङ्ग सम्पादन सुर्य लामाको रहेको छ ।

भिडियोमा गायक स्वयम तेज थिङ , आस्मा लामा , अभिषेक लामा र मोनिका लामाको अभिनय देख्न सकिन्छ ।

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावति गाउँ पालिका ४ नवलपुरमा जन्मेका नव गायक तेज थिङको यो पहिलो कोशेली हो । गीत संगीतमा अब निरन्तर लागीरहने बाचा गर्दै सबै स्रोता दर्शकलाई आफ्नो गीत संगीतलाई माया गरेर साथ सहयोग गरिदिन अनुरोध समेत गरे।

Tags

छुटाउनु भयो कि ?