Madhyabindu News App
समाज

पुर्व मन्त्री बस्नेत र इन्द्रेणी संयोजक कृष्ण कँडेल सिन्धुपाल्चोकमा

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – पूर्व सूचना तथा सञ्चार मन्त्री एवम् नेपाली काँग्रेसका नेता मोहन बहादुर बस्नेतको टोलीले मेलम्ची घटनास्थल पुगेर फर्किएको छ ।

मेलम्ची घटना भएको थाहा पाउनासाथ इन्द्रेणी कार्यक्रमका संयोजक कृष्ण कडेंल सहितको टोली लिएर पूर्व मन्त्री बस्नेत मेलम्ची आएका हुन। गए राति आएको पहिरोले पुरिएर वीरगन्ज घर भई मेलम्चीमा मजदुरी गरिरहेका ८ जनाको मृत्यु भएको थियो भने १ जनाको ४ घण्टा पछि जीवितै उद्धार गरी उपचारको लागि काठमाडौँ लगिएको छ ।

पूर्व मन्त्री बस्नेतले घटना प्रति दुख व्यक्त गर्दै पीडित परिवार लाही धैर्य भएर बस्न आग्रह गरेका छन्  । त्यस्तै चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीका संयोजक कृष्ण कडेंलले घटनामा मृत्यु भएकाहरूका प्रति परिवार २० हजारका दरले सहयोग गर्ने घोषणा गरेका छन् । उक्त कामदारले पसलमा तिर्ने २० हजार कडेल सम्बन्धित व्यत्तिलाई दिएका थिए ।

त्यस्तै पाँच पोखरीमा पनि गएको पहिरोमा परि मृत्यु भएका दम्पती लाई २० हजार कडेलले पहिराको कारण बाटो अवरुद्ध भएकोले स्थानीय सागर कुमार श्रेष्ठलाई दिएका थिए ।

घटनाका घाइते तथा मृतकका विवरण ।

छुटाउनु भयो कि ?