
साहित्यकार श्रेष्ठका साहित्यिक कृतिहरु लोकार्पण
काठमाण्डौं – साहित्यकार राजबाबु श्रेष्ठ सागरका दुइ साहित्यिक कृति लोकार्पण गरिएको छ । शुक्रबार काठमाण्डौंको कमलादिस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त दुइ कृति लोकार्पण गरेका हुन् । शुक्रबार श्रेष्ठका “देशको चिना” मुक्तक संग्रह र हराएका छोराहरु” कविता संग्रह लोकार्पण गरिएको हो ।
साहित्यकार श्रेष्ठका गित गजल मुक्तक कविता मात्र नभै साहित्यका सबै विधामा कलम चलेको देखिन्छ । साहित्य लेखनका साथै अभिनय तथा निर्देशनमा समेत श्रेष्ठको संलग्नता पाइन्छ ।
१४ बर्षकै उमेरमा “प्रेम फैसला” नामक नाटकको पाँच भागसम्म लेखन, निर्देशन तथा अभिनय समेत गरेर आफ्नो प्रतिभा देखाएका श्रेष्ठले २०५० सालमा “घर एक नर्क” फिल्मको स्क्रिप्ट लेखेका थिए । त्यस्तै उनले ठुलो तथा सानो पर्दाका अटिजम, आवाज र खाते मा अभिनय गरेका थिए ।
त्यसैगरी उनका “बन्द फ्रेमभित्रको चिठ्ठी” उपन्यास प्रकाशित छ भने “मुनारमा” र “घिमिरेको कथा” उपन्यास प्नकाशनको तयारिमा रहेको रचनाकार श्रेष्ठ बताउँछन् ।