Madhyabindu News App
मुख्य खबर​

त्रिवि शिक्षण अस्पतालका थप ८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

Madhyabindu Online

काठमाडौँ – त्रिवि शिक्षण अस्पतालका थप ८ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १ जना चिकित्सक र अरु ७ जना नर्स रहेका छन् ।

योसँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २६ पुगेको छ । संक्रमित ४ जना होम आइसोलेसनमा बसेका छन् ।

शुक्रबार आएको रिपोर्टमा बिहान ४ र अहिले दिउँसो ४ जना गरी ८ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो ।

बुधबार इमर्जेन्सीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । त्यसमध्ये बिहान ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

हाल इमर्जेन्सी विभाग सिल गरिएको छ । संक्रमित स्वास्थ्यकर्मी इमरजेन्सीको नभई अन्य वार्डको रहेको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले जानकारी दिए ।

Tags

छुटाउनु भयो कि ?