Madhyabindu News App
मुख्य खबर​

व्यापारीमा कोरोना देखिएपछि न्युरोडका पसलहरू बन्द

Madhyabindu Online

काठमाडौं – व्यापारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि न्युरोड क्षेत्रका पसलहरू बन्द भएका छन् । बिहीबार विशाल बजार क्षेत्रका दुई जना व्यापारीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

व्यापारीमा संक्रमण पुष्टि भएपछि न्यूरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको हो ।

संक्रमण देखिएपछि काठमाडौं महानगरपालिका-२४ ले सूचना जारी गर्दै शुक्रबारदेखि लागू हुने गरी आगामी भदौ ७ गतेसम्म त्यस क्षेत्रका सबै पसलहरु बन्द गर्न वडा कार्यालय अनुरोध गरेको छ ।

Tags

छुटाउनु भयो कि ?