Madhyabindu News App
मुख्य खबर​

नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो

Madhyabindu Online

काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २५ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ९४ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५७५ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा ५ सय ९४ जना संक्रमित थपिएका हुन् । हालसम्म ४ लाख ९४ हजार ६ सय १३ वटा नमूनाको पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ४० जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या १७ हजार ७७ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ६ सय ३८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ७ हजार ९१३ जना रहेको छ । कोरोना संक्रमणबाट नेपालमा हालसम्म ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

 

Tags

छुटाउनु भयो कि ?