Madhyabindu News App
मुख्य खबर​

काठमाडौं उपत्यकामा ११९ कोरोना संक्रमित थपिए

Madhyabindu Online

काठमाडौं – शुक्रबार काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी थप १ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा गरी १ सय १९ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।

मन्त्रालयका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार थपिएका सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १ हजार ६ सय ९७ पुगेको छ ।

मन्त्रालयका अुनसार हालसम्म काठमाडौंमा १३६१, ललितपुरमा २२१ र भक्तपुरमा ११५ संक्रमित पुष्टि भएका छन् ।

 

 

 

Tags

छुटाउनु भयो कि ?