Madhyabindu News App
मुख्य खबर​

कोरोना प्रकोप : नेपालमा पछिल्लो २४ घण्टामा थप ४ को मृत्यु

Madhyabindu Online

काठमाडौं  – नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ४ जनाको मृतयु भएको छ ।

पर्साका दुई, सिरहा तथा मोरङका एक/एक जना गरी पछिल्लो २६ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ४ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९९ पुगेको जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणबाट कोशी अस्पतालमा उपचारको क्रममा विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय पुरुषको मृत्यु भएको हो । बिहान उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भनाई गरिएको थियो । उनको पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो ।

सिरहाको बिष्णुपुर गाउँपालिकाका ४० वर्षीय पुरुषको विराटनगर, कोशी अस्पतालको आइसोलेसनमा उपचार क्रममा मृत्यु भएको थियो । अस्पताल आउँदा नै उनको स्वास्थ्य बिग्रिसकेको थियो । उनलाई निमोनियाको समस्या थियो ।

पर्साको जितपुर सिमरा उपमहानगरपालिका-४ सिमरा टोल बस्ने ५० वर्षीय पुरुषमा पनि मृत्युपछि कोरोना पुष्टि भएको हो । मधुमेह र रक्तचापका रोगी उनको नारायणी अस्पतालमा मृत्यु भएको हो ।

पर्साको प्रसौनी गाउँपालिका-२ प्रसौनी टोल बस्ने ६५ वर्षीय पुरुषको कोरोनाका कारण नारायणी अस्पतालमा मृत्यु भएको छ । उनी दमका बिरामी थिए। उपचार क्रममा मृत्यु भएका उनको मृत्युपछि कोरोना पुष्टि भएको हो ।

Tags

छुटाउनु भयो कि ?