कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन, केन्द्रलाई हस्तक्षेप नगर्न ध्यानाकर्षण

सिन्धुपाल्चोकमा नेकपाका दर्जनौं नेता कार्यकर्ता कांग्रेस प्रवेश
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेकपाका दर्जनौं नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । हेलम्बु गाउँपलिका वडा नं-७ पातिङ काटुङ बस्तिमा रहेका १७ घरका सबै परिबार नेकपा परित्यग गरी कांग्रेस प्रवेश गरेका हुन् ।
आफुले निर्वाचन पश्चात् नेकपाको नेताको अनुहारनै नदेखेको र जनतालाई चाहिने सबै बिकासका काम नेपाली कांग्रेसले गरिदिएकोले अब जनताको पार्टी भनेको कांग्रेस मात्रै रहेछ भन्ने बुझेर कांग्रेस प्रवेश गरेको नवप्रवेशी साविक नेकपा एमाले वडा सदस्यका प्रत्यासी रेन्पाल तामाङले बताए ।
नव प्रवेशीहरुलाई पार्टी प्रवेश गराउँदै हेलम्बु गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेस सिन्धुपाल्चोक का युवा नेता निमा ग्याल्जेन शेर्पाले कम्युनिस्ट सरकारको अधिनायकवादी चरित्र र झुठो आश्वासनले आम नागरिकमा निराशा छाएको बताए । शेर्पाले नेपाली कांग्रेस लाई बिश्वास गरेर प्रवेश गर्ने सबै नेता कार्यककर्ताको सुखदुःखमा आफू सधैं साथमा रहने बताए ।
तत्कालिन नेकपा एमालेका तर्फबाट एमालेका पुर्व जिल्ला अध्यक्ष समेत रहेका गाउँपालिका अध्यक्षका प्रत्यासी हास्त पण्डितको वडामा कांग्रेस बिजय हुनु र अहिले एउटा गाउँनै खालिगरेर नेकपाका नेता कार्यकर्ता कांग्रेस प्रवेश गर्नुले नेकपाको राजनितिक भबिष्य छर्लङ्गै पारेको हेलम्बु-७का वडा अध्यक्ष खेतनाथ घिमिरे बताउँछन् ।
सो पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ का कोषाध्यक्ष निल बहादुर खड्का लगायत कांग्रेस नेता कार्यकर्ताको उपस्तिथि रहेको नेता शेर्पाले मध्यबिन्दु अनलाइन लाई बताए ।