Madhyabindu News App
राजनीति

नेबिसंघ सिन्धुपाल्चोकले गर्‍यो बिद्यार्थीहरुको कोरोना बिमा

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – कोरोनाको संक्रमण समुदायस्तरमै फैलिने क्रम बढेकोप्रति सचेतता अपनाउदै नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकले विद्यार्थीहरुको कोरोना बिमाको सुरुवात गरेको छ ।

सोमबार नेबिसंघ आवद्ध १ सय ३० विद्यार्थीहरुको सामुहिक रूपमा कोरोना बिमा गरिएको नेबिसंघ सिन्धुपाल्चोकका अध्यक्ष दावा लामाले बताए । अध्यक्ष लामाका अनुसार सिन्धुपाल्चोकमै भएका र सिन्धुपाल्चोक बाट काठमाडौं आएर बसोबास गर्ने नेबिसंघ सम्बद्ध बिद्यार्थीहरुको सामुहिक कोरोना बिमा गरिएको हो । सुरुवातमा १३० जना विद्यार्थीको कोरोना आवधिक बिमा गरिएको भएतापनी यो निरन्तर रूपमा अघि बढाउने लामाले बताए ।

नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकको नाममा बिमालेख रहनेगरी गरिएको सामुहिक बिमाको अवधि आगामी चैत मसान्तसम्म हुनेछ । यदि बिमित व्यक्तिको कोरोना परिक्षणमा पिसिआर पोजेटिभ आएको खण्डमा बिमा कम्पनीले रु दुई लाख उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

नेबिसंघ सिन्धुपाल्चोकका अध्यक्ष दावा लामा सँगै नेबिसंघ सिन्धुपाल्चोक जिल्ला सह-सचिव रमेश थापा, क्षेत्र नं २ सभापती दिपेश खनाल, नेताहरू दीपक नेपाल, सरोज न्यौपाने,लोकेन्द्र चालिसे लगायतको सक्रियतामा सुरु गरिएको विद्यार्थी बिमा कार्यक्रम निरन्तर रुपमा अघि बढाइने नेबिसंघ सिन्धुपाल्चोकले जनाएको छ ।

छुटाउनु भयो कि ?