खेलकुद

बार्सिलोनाका मिरालेम प्यानिचलाई कोरोना संक्रमण

Madhyabindu Online


A A- A+

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर मिरालेम प्यानिचलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

यसै सिजन क्लबमा आबद्ध भएका प्यानिचलाई कोरोना संक्रमण भएको आइतबार पुष्टि भएको बार्सिलोनाले औपचारिक जानकारी गराएको हो ।

३० वर्षीय बोस्नीयाका खेलाडीको स्वास्थ्य राम्रो भएको तथा उनी अहिले घरमै सेल्फ आइसोलेसनमा बसेको बार्सिलोनाले जनाएको छ ।

‘स्वास्थ्यमा असहज भएपछि गरिएको पीसीआरमा मिरालिम पियानेचको पोजेटिभ आएको छ,’ बार्सिलोनाले भनेको छ, ‘खेलाडीको स्वास्थ्य ठिक र घरमै आइसोलेसनमा बसेका छन् ।’

अब आगामी सेप्टेम्बर ७ भन्दा अगाडी उनी बार्सिलोनाको अभ्यासमा सामेल हुने छैनन् । प्यानिच यसै सिजन इटालियन सिरि ए च्याम्पियन युभेन्ट्सबाट बार्सिलोना आएका थिए ।

सिजन २०१९-२० को ला लिगामा दोस्रो भएको बार्सिलोनाले सिजनमा कुनै पनि उपाधि जित्न सकेन। जसका कारण बार्सिलोना १२ वर्षमा पहिलोपटक उपाधिबिहीन बन्न परेको थियो ।

छुटाउनु भयो कि ?