Madhyabindu News App
राजनीति

ओखलढुंगामा नेकपाका करिब ३ सय नेता कार्यकर्ता कांग्रेस प्रवेश

Madhyabindu Online


A A- A+

ओखलढुंगा – नेपाली काङ्ग्रेस चम्पादेवी गाउँपालिकाले निरन्तर एकसाता देखि ४,५,६,७,९ वडामा क्रियाशिल सदस्य नविकरण,वितरण तथा पार्टी प्रवेश कार्यक्रम सन्चालन गर्दा करिब ३०० जनाको संख्यामा नेकपा परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन्।

नव प्रवेशी नेकपा नेता कार्यकर्तालाई नेपाली काङ्ग्रेस ओखलढुंगाका जिल्ला सचीव तथा चम्पादेवी गाउँ पालिका अध्यक्ष नबराज केसि तथा नेपाली काङ्ग्रेस ओखलढुंगाका जिल्ला सदस्य एवं नेपाली काङ्ग्रेस चम्पादेवी संयोजक अजय लुइँटेलले सदस्यता प्रदान गरि नेपाली काङ्ग्रेसमा प्रवेश गराएका हुन् ।

मुलुकमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै नागरिकको हक अधिकारको सुनिश्चितताको लागि कांग्रेसनै निर्विकल्प रहेको नव प्रवेशिहरुले बताएका छन् ।

छुटाउनु भयो कि ?