फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

दुई खेल बाँकी हुँदै सन्दीपको टोली सेमिफाइनलमा
ट्रिनीडाड – क्याराबिन प्रिमियर लिग(सीपीएल) मा नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तलावाजले सेमिफाइनमा स्थान बनाएको छ । आफ्नो खेल वर्षाका कारण अवरुद्ध हुनुका साथै पछ्याइरहेको टोलीको हारपछि जमैका सेमिफाइलनमा पुग्न सफल भएको हो ।
गएराति सुरु भएको जमैका र सेन्ट किट्स एण्ड नेभिज प्याट्रियटबीचको खेल वर्षाका कारण रद्द हुँदा दुवैले १–१ अंक बाडेका थिए । ब्रायन लारा मैदानमा सुरु भएको खेलमा जमैकाले टस जितेर पहिले बलिङ रोजेको थियो । सेन्ट किट्सले ५.४ ओभरमा कुनै विकट नगुमाइ ४६ रन बनाएर खेलिरहेको अवस्थामा पानी परेपछि खेल रोकिएपछि दुवैले अंक बाँडेका हुन् ।
शुक्रबार बिहान भएको खेलमा गुयाना अमेजन वारियर्सले बार्बाडोस ट्रिडेन्ट्सबीचको खेलमा बार्बाडोस पराजित भएपछि जमैकाले २ खेल बाँकी छँदै समेमिफाइनलमा स्थान बनाएको हो ।
जमैकाले अब लिग चरणका बाँकी खेल ६ सेप्टेम्बरमा बार्बाडोजसँग र लुसिया जुक्ससँग ७ सेप्टेम्बरमा खेल्ने छ । सन्दीपले सीपीएलका यस सिजनका ७ खेलमा बलिङ गर्दा १० विकेट लिन सफल भएका छन् ।