स्थानीय तह

त्यसै नमुना बनेको हो र ? हेलम्बुको बर्थिङ्ग सेन्टर,

गाउँपालिकाको आफ्नै खर्चमा शिशुको उद्धार भएको हो

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका ले एक गर्भवती महिलाको उद्दार गरेको छ । हेलम्बु- ७ इचोक स्थित जिल्लाकै नमुना बर्थिङ सेन्टरमा एक महिलाले जन्माएको बच्चामा स्वास- प्रश्वासमा समस्या देखिएपछि गाउँपालिकाले हेलिकप्टर मार्फत काठमाडौं पठाएको स्वास्थ प्रमुख ज्ञानेन्द्र सिग्देलले जानकारी दिए । बच्चाको स्वास्थ्यमा समस्या आएको सुचना पाउनासाथ गाउँपालिकाले आफ्नैैखर्चमा  तुरुन्तै हेलिकप्टर मगाएको हो ।

हेलम्बु गाउँपालिका -१ कि ३१ बर्षिय फुर्वा डोल्मा लामाले बर्थिङ सेन्टरमा सकुशल बच्चा जन्माएको तर बच्चाको फोक्सो सामान्य अवस्थामा सक्रिय नभई स्वाप्रश्वासमा समस्या आएकोले हेलिकप्टर मार्फत काठमाडौं पठाइएको स्वास्थ प्रमुख सिग्देलले जानकारी दिए । बच्चाको सबै अंग ठिक भएको, मुटुको चाल ठिक भएको तर स्वास प्रश्वासमा समस्या भएकोले अक्सिजनको सहायताले कृत्रिम स्वास प्रश्वासको ब्यबस्था मिलाएर काठमाडौं पुर्याइएको हो ।  सिग्देलले भने -अहिले उक्त बच्चाको काठमाडौंको कान्ति वाल अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

गत बर्ष १ सय ४७ जना सुरक्षीत सुत्केरी गराउन सफल भइ जिलाकै नमूना बर्थिङ सेन्टरको रूपमा चिनिएको हेलम्बु -७ इचोकको बर्थिङ्ग सेनटरमा यस बर्ष पनि आजका मितिसम्म २६ जनाले सुरक्षीत मातृत्व प्रदान गरिसकेको सिग्देलले जानकारी दिए

छुटाउनु भयो कि ?