Madhyabindu News App
मनोरञ्जन

बलिउड अभिनेता अर्जुन कपुरलाई कोरोना पुष्टि

Madhyabindu Online

काठमाडौं – बलिउड अभिनेता अर्जुन कपुर कोरोना भाइरस कोभिड१९ को संक्रमण पुष्टि भएको छ । कपुरले इन्स्टाग्राममा आफू संक्रमित भएको जानकारी गराएका हुन् ।

सामाजिक संजाल मार्फत कोरोना संक्रमित भएको जानकारी दिदै अर्जुनले घरमै आइसोलेसनमा बसेको उल्लेख गरेका छन् ।

उनलाई कुनै लक्षण भने देखिएको छैन । अहिले उनी होम क्वारेनटाइनमा बसेको उनले जानकारी गराएका छन् । उनले लेखेका छन्‚ ‘तपाईंहरुलाई यो बताउनु मेरो ड्युटी हो कि मेरो कोरोना भाइरस टेष्ट रिर्पोट पोजेटिभ आएको छ, अहिले म ठिक छु ।’

उनको कोरोना रिपोर्ट आज बिहान मात्र आउको हो । अर्जुनले केही दिन अगाडि मात्र काममा फर्किएको बताएका थिए । इन्स्टाग्राममा उनले लेखेका छन्‚ ‘मेरो बारेमा चासो र चिन्ता लिनु हुने सबैप्रति धन्यवाद दिन चाहन्छु’ अर्जुन कपुरले लेखेका छन्‚ ‘आगमी दिनमा मेरो स्वास्थ्य अवस्थाबारे जानकारी गराइरहनेछु ।’

Tags

छुटाउनु भयो कि ?