Madhyabindu News App
अन्तर्राष्ट्रिय

पत्रकार खाशोग्गीको हत्यामा दोषी ठहर गर्दै ८ जनालाई जेल सजाय

Madhyabindu Online

काठमाडौं – साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको हत्यामा दोषी ठहर गर्दै साउदी अदालतले आठ जनालाई ७ वर्षदेखि २० वर्षसम्मको जेल सजाय सुनाएको छ ।

आरोपितमध्ये पाँच जनालाई २० वर्ष जेल र अन्य तीनलाई सातदेखि १० वर्ष जेल सजाय सुनाईएको साउदी प्रेस एजेन्सीलाई उद्दृत गर्दै अलजजिराले जनाएको छ ।

अदालतको अन्तिम फैसला खाशोग्गीका छोराहरूले आफुहरूले हत्यारालाई माफी दिएको बताएको केही महिनापछि आएको हो ।

गत मेमा उनीहरुले आफ्ना पिता तथा अमेरिकी पत्रिका वासिङ्टनका लागि काम गरेका चर्चित साउदी पत्रकार खशोग्गीका हत्याराहरूलाई माफी दिएको बताएका थिए ।

खशोग्गीको सन् २०१८ मा हत्या भएको थियो । साउदी कानून अनुसार पीडितका परिवारले माफी दिएको खण्डमा त्यसको विकल्पमा अर्को सजाय भुक्तान गर्न पाउने प्रावधान रहेको छ ।

सोही मुद्दामा यसअघि साउदी अरबको एक अदालतले पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको थियो ।

Tags

छुटाउनु भयो कि ?