देशभर फैलियो लम्पी स्किन – पाँचलाख पशु संक्रमित, छ हजार पशु मरे

पोर्चुगलको जर्सीमा रोनाल्डोको एक सय गोल पूरा
एजेन्सी – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा एक सय गोल पूरा गरेका छन् । उनी आफ्नो देशका लागि एक सय गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् ।
कप्तान क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनपछि पोर्चुगलले यूईएफए नेसन्स लिग अन्तर्गत दोस्रो खेलमा मंगलबार स्वीडेनलाई पराजित गरेको छ ।
स्वीडेनको फ्रेन्ड्स एरिनामा मंगलबार राति रोनाल्डोले दुई गोल गर्दा पोर्चुगलले स्वीडेनलाई २-० गोल अन्तरले हराएको हो ।
रोनाल्डोले खेलको ४५ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । युभेन्ट्सका ३५ वर्षीय फरवार्ड रोनाल्डोले ४५ औं मिनेटमा पहिलो गोल गर्दै १०० गोल पूरा गरे ।
खेलको ७२ औं मिनेटमा दोस्रो गोल गर्दै रोनाल्डोले पोर्चुगलको जित सुनिश्चित गरे । स्वीडेनविरुद्धको खेलमा दोस्रो गोलसँगै उनले राष्ट्रिय टिमबाट आफ्नो गोल संख्या १ सय १ पुऱ्याएका छन् ।
राष्ट्रिय फुटबल टिमबाट इरानका अली दाईले मात्र रोनाल्डो भन्दा बढी अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनले सन् १९९३ देखि २००६ सम्म १ सय ९ अन्तर्राष्ट्रिय गोल पूरा गरेका छन् । अब उनी इरानका अली दाइको नाममा रहेको कीर्तिमानबाट ८ गोल मात्र टाढा छन् ।