Madhyabindu News App
अन्तर्राष्ट्रिय

अक्सफोर्ड विश्वविद्यालयले रोक्यो कोरोनाको खोपको परीक्षण

Madhyabindu Online

काठमाडौं – अक्सफोर्ड विश्वविद्यालयले कोरोना विरुद्धको खोपको परीक्षणमा सहभागी एक जना बिरामी भएपछि परीक्षण रोकेको छ । अक्सफोर्डले कोरोना खोपको तेश्रो चरणको परीक्षण गरिरहेको यो खोप एस्ट्राजेनेसँग मिलेर निर्माण गरिरहेको छ ।

एस्ट्राजेनेले यसलाई नियमित अवरोध भनेको छ । किनकि परीक्षणमा संलग्न व्यक्तिको रोगको बारेमा केही पनि पत्ता नलागेको जनाएको छ ।

सम्पूर्ण विश्वको ध्यान अक्सफोर्ड विश्वविद्यालयमा खोप परीक्षणमा केन्द्रित छ । बीबीसी हिन्दीका अनुसार हाल विश्वमा करीब एक दर्जन स्थानमा कोरोना भाइरस विरूद्धको खोपको परीक्षण भईरहेको छ ।

विज्ञहरूले यस दौडमा अक्सफोर्ड सबैभन्दा अगाडि रहेको बताउँदै आएका छन् । अक्सफोर्डको यो खोपको तेश्रो चरणको परीक्षण चलिरहेको छ र बजारमा यो खोप नै सबैभन्दा पहिला आउने अनुमान गरिदैं आइएको छ ।

खोपको तेश्रो चरणको परीक्षणमा हजारौं मानिसहरूको सहभागिता रहनेगर्छ भने कतिपय अवस्थामा यसमा कयौं वर्ष पनि लाग्ने गरेको छ । कोरोना खोपको तेश्रो चरणको परीक्षणमा करीब ३० हजार मानिसले सहभागिता जनाएका छन् ।

बीबीसीका मेडिकल सम्पादकका अनुसार हाल विश्वभर जारी रहेको कोरोना विरुद्धको खोपको परीक्षण रोकिएको छ । उनका अनुसार अब स्वतन्त्र जाँच हुनेछ र खोपको सुरक्षा मानकको समीक्षा गरिनेछ । त्यसपछि निमायकहरूले परीक्षण पुनः सुरू गर्ने वा नगर्ने बारेमा निर्णय लिनेछन् ।

अक्सफोर्ड विश्वविद्यालयका प्रवक्ताले भने, “यस्ता ठूलो परीक्षणमा सहभागीहरू बिरामी हुने पूरै सम्भावना हुन्छ तर यसको ध्यानपूर्वक जाँच गर्नका लागि स्वतन्त्र पुनःपरीक्षण एकदमै आवश्यक हुन्छ ।”

अक्सफोर्डले कोरोना भाइरसको परीक्षण रोकेको यो दोश्रो पटक हो । यो ठूलो परीक्षणहरूमा धेरै सामान्य हुन्छ र जब कुनै परीक्षणमा संलग्न व्यक्तिलाई अस्पतालमा भर्ना गरिन्छ र उसको रोगको कारण तुरून्त थाहा हुँदैन, परीक्षण रोकिन्छ । यो परीक्षण केहि दिनमा फेरि सुरू हुनेछ जनाइएको छ ।

Tags

छुटाउनु भयो कि ?