Madhyabindu News App
शिक्षा

त्रिविको सुचना स्थानिय तहमा पुर्याउन मन्त्रालयको आदेश,बेवास्ता गरे विद्यार्थीको परीक्षा छुट्ने [सूचनासहित]

Madhyabindu Online


A A- A+

काठमाडौ – त्रिभुवन विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई अध्ययनरत विभाग, स्कुल तथा क्याम्पसहरुमा सम्पर्क गर्न बारम्बार अपिल गरिरहेको छ । सुचनामा भनिएको छ, ‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नेपालमा पनि भित्री सकेको अवस्थामा यस्ले जनस्वास्थ्यमा पार्ने गम्भीर असरलाई मध्यनजर राखी गत २०७६ चैत्र ६ गतेदेखि त्रिविमा सञ्चालन भइरहेका सम्पूर्ण पठन–पाठन तथा परीक्षाहरु स्थगन गरिएको थियो ।

यो महामारीलाई तुरुन्तै नियन्त्रणमा लिने स्थित नरहेको परिप्रेक्षलाई आंकलन गरी विश्वविद्यालयले चैत्रको तेस्रो सातादेखि नै पठन–पाठनको बैकल्पिक विधिबाट कक्षाहरु सञ्चालन गर्न आफ्ना सबै शिक्षक, कर्मचारी तथा अध्यनरत विद्यार्थीहरुको इमेल आइडी तयार गर्दै अनलाइन विधिबाट पठन–पाठन सञ्चालन गरी रहेको छ ।

तर हालसम्म पनि डीन कार्यालय, क्याम्पस, स्कूल र विभागहरुमार्फत विभिन्न सञ्चारमा माध्यमबाट सम्ब्धित विद्यार्थी तथा अभिभावकहरुलाई सम्पर्कका लागि प्रयास गर्दा पनि कतिपय विद्यार्थीहरु आफु अध्यनरत विभाग तथा क्याम्पसहरुको सम्पर्कमा नआएको हुँदा पठन–पाठन तथा स्थगन गरिएको परीक्षा तालिका व्यवस्थापन गर्न समस्या भएको छ । यसरी विद्यार्थीले अटेर गरेपछि विश्वविद्यालयले थप प्रयास गरेको छ । यो प्रयासपछिपनि विद्यार्थी सम्पर्कमा नआएमा उनीहरुको पढाई र परीक्षा छुटेमा विश्वविद्यालय जवाफदेही नहुने विश्वविद्यालयले स्पष्ट पारेको छ ।

आ–आफ्नो स्थानीय निकायमा बसोबास गर्दै आएका त्रिभुवन विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरु र निजहरुको अभिभावकहरुलाई अविलम्ब आफ्नो क्याम्पस स्कूल विभागमा सम्पर्क राख्नका लागि सम्बन्धमा सुचना प्रवाह गरी दिनका लागि सबै स्थानीय निकायहरुमा परिपत्र गरी दिन हुन अनुरोध गर्दछु ।’ प्रा.डा. पेशल दाहाल (रजिष्ट्रार)

यस विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि एक सुचना जारी गरेको छ । सुचना प्रवाह गर्ने सम्बन्धमा जारी सुचनामा भनिएको , ‘प्रस्तुत विषयमा त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय कीर्तिपुर काठमाडौंको च.नं. १९–०७७–७८ मिति २०७७–०५–१९ को पत्र संलग्न छ ।

विस्तृत व्यहोरा पत्रबाट अवगत गरी आ–आफ्नो स्थानीय निकायमा बसोबास गर्ने त्रिभुवन विश्वविद्यालयमा अध्यनरत विद्यार्थी र निजहरुको अभिभावकहरुलाई अविलम्ब आफ्नो स्कुल, क्याम्पस, विभागमा सम्पर्क राख्नको लागि सुचना प्रवाह गरिदिनु हुन आदेशनुसार अनुरोध छ ।

त्रिभुवन विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई अध्ययनरत विभाग, स्कुल तथा क्याम्पसहरुमा सम्पर्क गर्न अनुरोध यसअघि नै औपचारिक सूचना निकालेर अपिल गरिसकेको छ । अब त्रिविका कक्षा अनलाइनबाट र परीक्षापनि इमेल मार्फत बैकल्पिक विधिबाट गर्ने तयारी स्वरुप त्रिविले इमेल मार्फत विद्यार्थीलाई अध्ययनरत विभाग, स्कुल तथा क्याम्पसहरुमा सम्पर्क गर्न अनुरोध गरेको थियो । तर यसरी एकदमै कम संख्यामा विद्यार्थी सम्पर्कमा आएकाले अब त्रिविले कानूनी प्रक्रिया अघि बढाएको छ ।

देशभरीका स्थानीय पालिकाका वडा–वडामा सूचना टाँस गर्ने त्यो सूचनापनि बेवास्ता गरे त्यस्ता विद्यार्थीको परीक्षा र पढाई छुटेमा त्रिवि जवाफदेही नहुनेगरी अघि बढेको छ । त्यसका लागि त्रिविले देशभरीका सबै वडालाई पत्र पठाई सकेको छ । त्रिविको पत्र पाएपछि सबै वडाले सूचना प्रकाशन गरेर आफ्नो टोलका सार्वजनिक स्थलमा टाँसिरहेका छन् । यसरीपनि विद्यार्थी सम्पर्कमा नआए उनीहरुको पढाई र परीक्षा छुट्दा त्रिवि जवाफदेही नहुँने त्रिविका एक अधिकारीले स्पष्ट पारेका छन् ।

त्रिविले यसअघि नै एक सूचना निकालेर शिक्षाध्यक्षको कार्यालयले स्थगित भएको पठनपाठनमा सहभागी हुनको लागि सम्पर्कमा आउन आग्रह गरेको थियो । शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले हस्ताक्षर गरेको सूचनामा त्रिविका सम्पूर्ण विभाग, स्कुल, क्याम्पस प्रशासन, डीका कार्यालयहरुलाई विद्यार्थीलाई सम्पर्कमा ल्याउन तदारुकताका साथ लागि पर्न र विद्यार्थीलाई सम्पर्कका लागि सहज वातावरण मिलाउन निर्देशन दिइएको थियो ।

छुटाउनु भयो कि ?