Madhyabindu News App
अन्तर्राष्ट्रिय

एक हजार चिनियाँ विद्यार्थी तथा अनुसन्धानकर्ताको भिषा रद्द

Madhyabindu Online

काठमाडौं – सुरक्षा खतराको कारण देखाउँदै अमेरिकाले एक हजार चिनियाँ विद्यार्थी तथा अनुसन्धानकर्ताको भिषा रद्द गरेको छ ।

गत मेमा अमेरिकका राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ विद्यार्थीहरु त्यहाँको सैनिक भएको र केहीले बौद्धिक सम्पत्ति तथा डाटा चोरी गरेको आरोप लगाएका थिए ।

राष्ट्रपति ट्रम्पको सो आरोपलाई पछ्याउँदै चिनियाँ विद्यार्थीको भिषा रद्द गरिएको बीबीसीले जनाएको छ ।

यद्यपि, सोबारे चीनले प्रतिक्रिया दिइसकेको छैन । अमेरिकामा करीब ३ लाख ७० हजार चिनियाँ विद्यार्थी अध्ययनरत छन् ।

Tags

छुटाउनु भयो कि ?