Madhyabindu News App
अन्तर्राष्ट्रिय

चीन-भारतबीच जारी तनाव कम गर्न पाँच बुँदे सहमति

Madhyabindu Online

काठमाडौं – भारत र चीनबीच लडाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा जारी तनाव कम गर्न दुई देशबीच पाँच बुँदाको सहमति भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ्ग यी र उनका भारतीय समकक्षी एस जयशंकरबीच बिहीबार रूसको राजधानी मस्कोमा भएको बैठकमा यो सहमति भएको हो । मस्कोमा चलिरहेको शाङ्घाई कर्पोरेशन अर्गनाइजेसनको बैठकमा भाग लिन दुबै देशका मन्त्रीहरू त्यहाँ पुगेका हुन् ।

भारतीय समाचार एजेन्सी एएनआईले चिनियाँ विदेश मन्त्रालयको दुई देशका परराष्ट्र मन्त्रीहरूको बैठक समाप्त भएपछि यो सहमति भएको उल्लेख गरेको छ ।

भारतीय विदेशमन्त्रीले भारतले सीमामा जारी तनावलाई भारतले थप बढाउन नचाहेको र चीनप्रतिको भारतको नीतिमा कुनै परिवर्तन नभएको बताएको एएनआईले जनाएको छ । भारतले चीनको आफूहरूप्रतिको नीतिमा पनि कुनै परिवर्तन नभएको बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयले छिमेकी मुलुक हुनुको नाताले केही मुद्दाहरुमा दुई देशबीचमा केही असहमति हुनु स्वभाविक रहेको बताउँदै ती असहमतिलाई सहि परिपेक्ष्यमा हेरिनुपर्ने बताएको छ ।

समाचार एजेन्सी एएनआईले चिनियाँ विदेश मन्त्रालयलाई उद्धृत गर्दै भनेको छ,‘चिनियाँ विदेशमन्त्रीले चीन-भारतको सम्बन्ध फेरी एकपटक दोबाटोमा उभिएको छ । तर जबसम्म दुबै पक्षले आफ्नो सम्बन्धलाई सही दिशामा बढाउँदै लगिरहनेछन् तबसम्म कुनै समस्या हुनेछैन र यस्तो कुनै चुनौति छैन जसलाई समाधान गर्न नसकियोस् ।”

Tags

छुटाउनु भयो कि ?