Madhyabindu News App
अन्तर्राष्ट्रिय

नेपालि जनसम्पर्क समिति युएइले १०७ औं बिपि जयन्ति भव्यरुपमा मनायो

Madhyabindu Online

युएइ – नेपालि जनसम्पर्क समिति युएइले १०७ औं बिपि जयन्ति कार्यक्रम भव्यताकासाथ समपन्न गरेको छ । नेपालि जनसम्पर्क समिति युएई का सभापति भुवानि प्रसाद तिमल्सिना को सभापतित्व तथा समिति का संरक्षक खेम राज बस्नेत को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा  प्रमुख सल्लाहकार मनोज गोर्खालि र गैर आवासिय नेपालि संघ उपाध्यक्ष राजन खतिवडा को विशिष्ट आतिथ्यता रहेको थियो ।

उक्त्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले नेपालको समसामयिक विषयमा बीपीको समाजबाद चिन्तन दूरदर्शिताका बारेमा चर्चा गर्दै नेपाली कांग्रेसका सच्चा अनुयायीहरुले बिपिको बिचारलाई आदर्शको रुपमा भन्दापनी व्यबहारमा कार्यान्वयन गर्नुपर्नेमा जोडदिएको नेपाली जनसम्पर्क समिति युएइका केन्द्रीय सदस्य प्रताप सिंह तामाङले जानकारी दिए ।

समिति का उपसभापति अम्मर रानाभाट ले स्वागत मन्तब्य राखेको उक्त्त कार्क्रमकाअन्य अतिथिहरु मा सल्लाहकार हरु राजेन्द्र अधिकारि ,कृष्ण गौतम र ज्ञानेन्द्र खत्रीको उपस्थिती रहेको केन्द्रीय सदस्य तामाङले बताए । तामाङका अनुसार कार्यक्रम महामन्त्री हरि खड्का ले संचालन गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?