Madhyabindu News App
खेलकुद

आईपीएल खेल्न सन्दीप यूएई प्रस्थान

Madhyabindu Online

काठमाडौं – नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् ।

क्यारेबियन प्रिमियर लिग ९सीपीएल० सक्काएर उनी शनिबार यूएईका लागि उडेका हुन् । ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्कि उनी सोझै युएई गएको उनका ब्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।

आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका छन् । कोरोना भाइरसको महामारीका कारण यस वर्षको आईपीएल यूएईमा हुँदैछ ।

सन्दीपले  लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न लागेका हुन् । आईपीएल आगामी असोज ३ गतेदेखि सुरु हुँदै छ ।

सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल असोज ४ गते किंग्स इलाभेन पञ्जावसित हुनेछ । उनलाई दिल्ली क्यापिटल्सले ३२ लाखमा अनुबन्ध गरेको हो ।

Tags

छुटाउनु भयो कि ?