Madhyabindu News App
खेलकुद

नाओमी ओसाका यूएस ओपन च्याम्पियन

Madhyabindu Online

एजेन्सी – जापनकी नाओमी ओसाकाले भिक्टोरिया अजरेन्टकालाई पराजित गर्दै यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् । महिला एकलतर्फको फाईनलमा बेलारुसकी ३१ वर्षीया भिक्टोरिया अजारेन्कालाई २–१ को सेटले हराउँदै २२ वर्षीया ओसाकाले तेस्रो ग्राण्डस्लामको उपाधि हात पारेकी हुन् ।

आइतबार बिहान भएको खेलमा जापानी खेलाडी ओसाकाले पहिलो सेट गुमाएपनि लगातार दुई सेटमा जित निकाल्दै उपाधिमाथि कब्जा गरिन् । एक सेटले पछाडि रहेको स्थिति उल्टाएर ओसाकाले फाइनलमा बेलारुसकी अजरेन्कालाई १–६, ६–३ र ६–३ ले पराजित गरिन् ।

चौंथो वरीयताकी ओसाकाले प्रतिद्वन्द्वी जित निकाल्न दर्शकविहीन आर्थर ऐस स्टेडियममा १ घण्टा ५३ मिनेट खर्चेकी थिइन् । यससँगै २२ ओसाकाले जितेको ग्रान्ड स्लाम उपाधि तीन पुगेको छ ।

यसअघि सन् २०१८ मा पनि यूएस ओपन जितेकी ओसाकाले सन् २०१९ मा अस्ट्रेलियन ओपन पनि हात पारेकी थिइन् । अजरेन्काले पहिलो सेट २६ मिनेटमा जितेर दोस्रो सेटमा पनि २–० को अग्रता लिएकी थिइन् ।

नाओमी ओसाका तीन ग्रान्ड स्ल्यामको उपाधि जित्ने पहिलो एशियाली खेलाडी हुन् ।  खेलपछि ओसाकाले एजरेन्कालाई भनिन्, म तपाईंलाई बाल्यावस्थामा खेलिरहेको देखिरहेको थिएँ, तपाईंसँगको खेल मेरो लागि प्रेरणादायक थियो । मैले तपाईंबाट धेरै कुरा सिकेको छु ।”

यस्तै, यूएस ओपन अन्तर्गत पुरुष एकलतर्फको फाईनलमा अष्ट्रियन डोमेनिक थिम र जर्मनीका अलेक्जेण्डर जेभरेभ प्रतिस्पर्धा गर्नेछन् ।

Tags

छुटाउनु भयो कि ?