Madhyabindu News App
अन्तर्राष्ट्रिय

अक्सफोर्ड विश्वविद्यालयले कोरोना खोपको पुन: परीक्षण सुरु गर्ने

Madhyabindu Online

काठमाडौं – अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको पुन: परीक्षण सुरु हुने भएको छ । यसअघि गत मंगलबार अक्सफोर्ड विश्वविद्यालयले बेलायतमा भइरहेको कोरोना विरुद्धको खोपको परीक्षणमा सहभागी एक जना बिरामी भएपछि परीक्षण रोकेको थियो । तर शनिबार, विश्वविद्यालयले यो खोपको परीक्षणलाई जारी राख्नु सुरक्षित भएको बताएको थियो ।

अक्सफोर्डले कोरोना खोपको तेश्रो चरणको परीक्षण गरिरहेको यो खोप एस्ट्राजेनेसँग मिलेर निर्माण गरिरहेको छ । धेरै संख्यामा खोपको परीक्षण गर्दा केही व्यक्तिमा रियाक्सन देखिनु सामान्य भएको भन्दै फेरि परीक्षणलाई निरन्तरता दिन लागिएको बीबीसीले उल्लेख गरेको छ ।

बेलायतका स्वास्थ्य सचिव मैट हैनकाँकले रोकिएको खोप फेरि परीक्षण हुनु स्वागत योग्य भएको बताएका छन् । कोरोना भाइरसविरुद्धको खोपको परीक्षण भइरहँदा त्यसको नतिजालाई विश्वले नियालिरहेको छ । हाल विश्वमा करीब एक दर्जन स्थानमा कोरोना भाइरस विरूद्धको खोपको परीक्षण भईरहेको छ ।

“यो स्थिरताले देखाउँदछ कि हामी सधैं सुरक्षा दिन्छौं । हामी जतिसक्दो चाँडो प्रभावकारी खोप वितरण गर्न आफ्ना वैज्ञानिकहरुलाई फिर्ता गर्नेछौं “उनले भने । विश्वविद्यालयले एक विज्ञप्तिमा गर्दै भनेको छ कि, ‘यस्तो ठूलो परीक्षणमा केही सहभागीहरू अस्वस्थू हुने अपेक्षा गरिएको थियो ।’

एस्ट्राजेनेका-अक्सफोर्ड विश्वविद्यालय खोपलाई विश्वभर विकास गरिँदै गरेका खोपहरुमध्ये सबैभन्दा आश गरिएको र चाँडो उपलब्ध हुने खोपका रुपमा अपेक्षा गरिएको छ । तेस्रो चरणको परीक्षणमा ३० हजार मानिसको सहभागिता रहेको छ ।

Tags

छुटाउनु भयो कि ?