Madhyabindu News App
स्थानीय तह

जुगलका अध्यक्ष अधिकारीले लिए आमा गुमाएका बच्चाको जिम्मा

Madhyabindu Online तस्विर-सामाजिक सञ्जाल

सिन्धुपाल्चोक – जुगल गाउँपालिका-५ बराम्चीमा विहीबार घाँस काट्न जाँदा भीरबाट लडेर मृत्यु भएकी महिलाको बच्चाको जिम्मा वडा अध्यक्षले लिने भएका छन् । जुगल गाउँपालिका ५ का अध्यक्ष सनत अधिकारीले भीरबाट खसेर मृत्यु भएकी सन्च माया तामाङको तीन बालबच्चाको शिक्षाको जिम्मा लिने भएका हुन् ।

अन्तराष्ट्रिय बालबालिका दिवशको अवसर पारेर अध्यक्ष अधिकारीले तामाङका छोराछोरी १० वर्षिय सुकमान, ८ वर्षिय सञ्चमाया र ६ वर्षिय सुमनको १२ कक्षा सम्मको जिम्मा आफुले लिने घोषणा गरेको मध्यबिन्दु अनलाइनलाई जानकारी दिए ।

सन्च माया तामाङको गत विहीबार बिहान ८ः०० बजे तिर घाँस काट्न जादा बिम्म्रेनी रातो भिर बाट खसेर मृत्यु भएको थियो । मृतकको पेट फुटेर आन्द्रा भुडी बाहिर निस्केको अबस्थामा फेल परेको थियो । मृतक तामाङको गर्भमा ८ महिनाको बच्चा रहेको र सो बच्चा जिवित फेला परेको थियो । तर, पछि उपचारका लागि लैजाँदै गर्दा बाटोमै बच्चाको निधन भएको थियो ।

Tags

छुटाउनु भयो कि ?