Madhyabindu News App
खेलकुद

प्रिमियर लिगमा चेल्सीको शानदार सुरुवात

Madhyabindu Online

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले सानदार सुरुवात गरेको छ । मंगलबार बिहान ब्राइटनको घरेलु मैदानमा लिगको आफ्नो पहिलो खेलमा चेल्सीले ब्राइटनमाथि ३–१ को सहज जित दर्ता गरेको हो ।

चेल्सीको जितमा जोर्गिन्हो, रिस जेम्स र कर्ट जुमाले गोल गरे । घरेलु टोलीका लियान्ड्रो ट्रोसार्डले एक गोल फर्काएका थिए । खेलमा अग्रता चेल्सीले २३ औं मिनेटमा जोर्गिन्होको पेनाल्टी गोलबाट लिएको थियो ।

बल पोजेसनमा पकड बनाउदै चेल्सीलाई दवावमा राखेको ब्राइटनले ५४ औं मिनेटमा खेललाई १–१ गोलको बराबरीमा ल्यायो । लियान्द्रो ट्रोसार्डले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिएको थियो । तर, ब्राइटनको बराबरी दुई मिनेट पनि टिकेन । ५६ औं मिनेटमा रिस जेम्सले गोल गर्दै चेल्सीलाई पुन २–१ को अग्रता दिलाए ।

६६ औं मिनेटमा कर्ट जोउमाले गोल गर्दै चेल्सीलाई जित दिलाए । जितसंगै चेल्सीले पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोडेको छ ।

यस्तै, लिगकै अर्को खेलमा उल्भ्सले सेफिल्ड युनाइटेडमाथि २–० को जित रच्न सफल रह्यो । सोमबार राति भएको खेलमा सेफिल्ड युनाइटेडलाई २-० गोल अन्तरले पराजित गर्दै उल्भ्सले सुखद सुरुवात गरेको हो ।

उल्भ्सले भने छ मिनेटको अन्तरमा दुई गोल गरेको थियो । सेफिल्डको मैदानमा उल्भ्सलाई जित दिलाउन राउल जेमिनेज र रोमेन साइसले एक एक गोल गरे । खेलको तेस्रो मिनेटमा जेमिनेजले गोल गर्दै उल्भ्सलाई अग्रता दिलाएका थिए । खेलको छैटौं मिनेटमा रोमेनले गोल गर्दै उल्भ्सलाई २-० को जित दिलाए ।

Tags

छुटाउनु भयो कि ?