Madhyabindu News App
कला-साहित्य

किन मौन छ देश यहाँ ?

Madhyabindu Online

उदयदिप “निश्चल”कार्की 

भ्रष्ट्रचारी सडकमा घुम्दै गर्दा मौन छ देश यहाँ,
भ्रष्ट्रचारी सडकमा रम्दै गर्दा मौन छ प्रशासन यहाँ,
देश लुट्नेले लुटेको लुटै छ यहाँ, जनता भुट्नेले भुटेको भुटै छ यहाँ,
विराटनगर सफाईको नाममा ठगी धन्दा, उसैले बर्साउँदै छ सोझा जनतालाई डण्डा,
पैसा लुटेर गुण्डा शैलीमा पेटी ठेक्का तोड्दै छ देवी ठेकेदार ऊ,
प्रहरी र प्रशासन पनि मौन बनेर भन्दैछन् हजुर न्याय दिने कहाँ म हुरुरुरुरु

कानुन आन्धो कलियुगमा भयो हजुर, देखि देखि अनदेखा गर्ने कालो पैसाको स्वरूप,
यत्र तत्र पोका र प्लास्टिक सडकमा जथाभावी छरी,
पार्दै छ विराटनगर लाई दुर्गन्धित उँ भ्रष्ट्राचारी, हप्तौं महिनौ बन्द हुँदा सफाई बिराटनगरको,
सोधीखोजी हुँदैन कुनै दण्ड पाउँदैन,
बजेट पाउँदैछ नगरबाट भ्रष्ट्राचारी कुन आधारकोरुरुरु

स्थानीय सरकार अब त घर घरमा हुन्छन् सुनेको थिए,
कहानी रैछ मिथ्या जो निष्पक्ष हुन्छन् बुझेको थिए,
एकलौटी सरसफाई गरेनी हुने नगरे पनि उही सद्दर रहने,
विकल्प हुँदा हुँदै यो त हजुर उही उ बेलाको राणा शासन भयो,
हेर्नुस् त हजुर राजधानीको इज्जत फोहोरमै विलीन भयो,
महिनाको लाखौं उठ्दा पनि कर्मचारी श्रमिक माग्दै छन् ज्याला,
गर्दैछन निमुखा सडकमा भोक हड्ताल र नारा,
हाम्रो सहर राम्रो सफा र सुन्दर चाइन्छ, हजुर यसरी जनता भुल्याएर देश लुट्न कहाँ पाइन्छ,
पैसा पचाउन काम गरे झै गर्ने लाई स्थानीय निकाय मजबूत भएर टुप्पी कस्न पर्यो
यस्ता
पैसो मात्र खाने ठेकेदार भनौदा देवी लाई।।

विराटनगर

Tags

छुटाउनु भयो कि ?