Madhyabindu News App
आर्थिक

नेप्सेसँगै कारोबार रकम पनि घट्यो

Madhyabindu Online

काठमाडौं – धितोपत्र बजार मंगलबार सामान्य अंकले ओरालो लागेको छ । बजार परिसूचक नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।

नेप्से आज ४ दशमलव ४७ अंकले ओरालो लागेर एक हजार ५ सय ३६ दशमलव ३ अंकमा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा एक अर्ब १० करोड रुपैयाँ बढीले घटेको छ ।

हिजो ३ दशमलव २६ अंकले उकालो नेप्सेमा ३ अर्ब २१ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।
नेप्सेमा आज कारोबार भएका होटल, जीवन बीमा र म्यूचल फण्ड बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक ओरालो लाग्दा समग्र बजार नै प्रभावित बन्यो ।

नेप्सेमा आज कुल १ सय ९३ कम्पनीका ३२ हजार ३ सय २८ कारोबारबाट ६६ लाख ९७ हजार ४ सय ९६ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, २ अर्ब ११ लाख ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?