Madhyabindu News App
राजनीति

युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्त

Madhyabindu Online

काठमाडौं – सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई विशेष आर्थिक सल्लाहकारका रुपमा नियुक्त गरेको छ ।

भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारका रुपमा नियुक्त गरेको हो ।

मंगलबार सिंहदरवारमा मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी पूर्व मन्त्री खतिवडालाई सल्लाहकार नियुक्त गरेको जानकारी दिए ।

राष्ट्रियसभा सदस्य हुँदै अर्थमन्त्री बनेका खतिवडाले कार्यकाल सकिएपछि यही भदौ १९ गते राजीनामा दिएका थिए ।

Tags

छुटाउनु भयो कि ?