Madhyabindu News App
राजनीति

शैक्षिक संस्था सञ्चालनको वतावरण तयार गर्न विद्यार्थी संगठनहरुको संयुक्त्त माग

Madhyabindu Online

काठमाण्डौं – विभिन्न राजनीतक पार्टी निकट विद्यार्थी संगठनहरुले स्वास्थ्य सतर्कता अपनाउँदै शैक्षिक संस्थाहरुको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न सरकारसँग माग गरेका छन् । अखिल क्रान्तिकारी को आयोजनामा काठमाडौंमा मंगलबार सम्पन्न प्रतिपक्ष एबं सत्तापक्षका संयुक्त विद्यार्थी संगठनहरुको बैठकले सरकारलाई शैक्षिक संस्थाहरुको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न आग्रह गरेको हो ।

उक्त्त बैठकमा कोरोना नियन्त्रणको लागि औषधि खरीद, क्वारेनटाइन र अन्य ब्यवस्थापनमा भएको अनियमितता र भ्रष्टाचारमा संलग्न लाई कार्वाही गर्नुपर्ने,पोखरा, नेपाल संस्कृत र कृषि तथा वन विश्व विद्यालय हरुमा तुरुन्ल खुल्ला प्रतिस्पर्धाका आधारमा पदाधिकारि नियूक्ति गर्नुपर्ने, सार्बजनिक यातायात मा गरिएको ५० % भाडा वृद्धि खारेज गर्नुपर्ने निर्णय गरिएको नेबिसंघ अध्यक्ष राजीब ढुङ्गाना ले बताए ।

कोरोना भाइरस तत्काल नियन्त्रण नहुने र अझै एक–दुई वर्ष रहने प्रक्षेपण गरिएको अवस्था स्मरण गराउँदै विद्यार्थी संगठनहरुले वैकल्पिक सिकाइ प्रभावकारी नभएको र शैक्षिक सत्र खेर जाने देखिएकोले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै पठनपाठन सञ्चालनको वातावरण तयार गर्न आग्रह गरेको नेबिसंघका केन्द्रिय महामन्त्री बलदेव तिमल्सिनाले बताए ।

महामन्त्री तिमल्सिनाले विद्यार्थी संगठनहरुको संयुक्त बैठकले कक्षा १२, क्याम्पस तथा विश्वविद्यालय तहका नियमित तथा रोकिएका परीक्षा सञ्चालनको ठोस मापदण्ड र योजना बनाएर तत्काल परीक्षा सञ्चालन गर्न पनि आग्रह गरेको जानकारी दिए ।

उनकाअनुसार बैठकमा निजी विद्यालय र क्याम्पसहरुले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल गरिरहेको दाबी गर्दै भौतिक रुपमा कक्षा सञ्चालन नगर्दै शुल्क लिने शैक्षिक संस्थालाई कारबाही गर्न पनि माग गरिएको छ ।

महामन्त्री तिमल्सिनाले शिक्षा क्षेत्रमा देखिएका समस्याको पहिचान र निराकरणमा शिक्षामंत्री उदाशीन र गैह्रजिम्मेवार रहेको ठहर गर्दै सो सम्बन्धमा सम्पुर्ण बिषय उठान गरी शिक्षामन्त्रीलाई मागपत्र पेश गर्ने निर्णय पनि गरिएको जानकारी दिए ।

Tags

छुटाउनु भयो कि ?