Madhyabindu News App
खेलकुद

ज्याक ग्रेलिसले क्लबसँगको अनुबन्ध ५ वर्ष थपे

Madhyabindu Online

एजेन्सी – इङलिस क्लब एष्टन भिल्लाका कप्तान ज्याक ग्रेलिसले क्लबसँगको अनुबन्ध ५ वर्ष थपेका छन् । इङ्गल्याण्डका मिडफिल्डर २५ वर्षे ग्रेलिसले यो सिजन क्लब छाड्ने हल्ला चलिरहेका बेला उनले एष्टन भिल्लासँग अनुबन्ध थपेका हुन् ।

ग्रेलिस ८ वर्षको हुँदा देखि नै क्लबमा आवद्ध भएका थिए । उनले सन् २०१३–१४ मा क्लबबाटै सिनियर टोलीबाट डेब्यु गरेका थिए । उनी गत हप्तामात्रै डेनमार्कविरुद्धको खेलमा इङ्लिस राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

गत सिजन क्लबलाई प्रेमियर लिगमै रहिरहनका लागि उनले ८ गोल गरेका थिए । त्यो मध्येपनि अन्तिम खेलमा वेष्ट ह्याम युनाइटेडविरुद्ध १–१ गोलको बराबरी गर्दा उनैले गोल गरेका थिए ।

सोही नतिजाका कारण एष्टन भिल्ला प्रेमियर लिगमै कायम रहेको थियो । पछिल्लो समय उनी म्यानचेष्टर युनाइटेड जाने हल्ला चलेको थियो ।

Tags

छुटाउनु भयो कि ?