Madhyabindu News App
मुख्य खबर​

राम्चे केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

Madhyabindu Online

काठमाडौं – बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ५ बजेर १९ मिनेटजाँदा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भूकम्प गएको हो ।

सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

यसको धक्का महसुस काठमाडौंसहित प्रदेश ३ का सबै भागमा भएको थियो । एकाबिहानै भूकम्प गएपछि काठमाडौं र आसपासका क्षेत्रका हल्लीखल्ली मच्चिएको थियो ।

Tags

छुटाउनु भयो कि ?