Madhyabindu News App
समाज

लागूऔषध गाँजा सहित दुई जना पक्राउ

Madhyabindu Online

सलार्ही – अवैध लागूऔषध गाँजा सहित सलार्हीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-६ बस्ने २३ वर्षीय सुवास जिम्बा र हरिहरपुरगढी गाउँपालिका-७ बस्ने अन्तरे भन्ने २७ वर्षीय बुद्धिमान गोले रहेका छन् ।

बागमती नगरपालिका-११ स्थित झुलुङे पुलबाट करिब २ किलो ८ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित सिन्धुली हरिहरपुरगढी गाउँपालिका-६ बस्ने जिम्बालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुलीबाट सर्लाही पैदल आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, बागमती नगरपालिका-११ स्थित पेट्रोल पम्प नजिकबाट करिब ३ किलो ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सिन्धुली हरिहरपुरगढी गाउँपालिका-७ बस्ने गोलेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले सिन्धुलीबाट सर्लाहीतर्फ पैदल आउँदै गरेको उनलाई शंका लागि जाँच गर्दा उनले बोकेको झोलामा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?