Madhyabindu News App
समाज

जबरजस्ती करणी गरेको अभियोगमा ३ पक्राउ

Madhyabindu Online

ओखलढुङगा – किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुङगाबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चम्पादेवी गाउँपालिका-९ ओख्रेनी बस्ने १९ वर्षीय जीवन कार्की समेत ३ जना रहेका छन् ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कार्की समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ परेका हुन् ।

गत बुधबार बेलुका ती किशोरीलाई  सडक छेउको कोदो बारीमा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चुप्लुघोराखोरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?