Madhyabindu News App
अन्तर्राष्ट्रिय

इजरेलद्वारा यूएई र बहराइनसँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर

Madhyabindu Online

काठमाडौं – संयुक्त अरब इमिरेट्स र बहराइनले इजरायलसँगको सम्बन्धलाई सामान्य बनाउनको लागि महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

दुई खाडी देशहरूको सम्झौता पछि, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई नयाँ मध्य पूर्वको सुरुवातु भनेर प्रशंसा गरेका छन् ।  ट्रम्पले संयुक्त अरब एमिरेट्स र बहराइनसँग इजरेलले गरेको महत्त्पूर्ण सम्झौतालाई नयाँ मध्यपूर्वको मिरमिरे बिहानी भन्दै प्रशंसा गरेका हुन् ।

हस्ताक्षरकर्ता तीनवटै देशले सहमतिलाई ऐतिहासिक भनेका छन् । ट्रम्पले पनि त्यस्तै भनेका छन् जसको प्रशासनले सहमतिका लागि मध्यस्थता गरेको थियो । सन् १९४८ मा स्थापना भएयता इजरेललाई मान्यता दिने यूएई तथा बहराइन तेस्रो र चौथो अरब राष्ट्र हुन् ।

सम्झौतामा हस्ताक्षर गर्ने भिडियो साझा गर्दै ट्रम्पले ट्वीटरमा लेखेका छन् “आज दशकौंको विभाजन र द्वन्द्वपछि हामीले नयाँ मध्य पूर्वको मिरमिरे बिहानी देख्न पाएका छौँ । इजरायल, युएई र बहराइनका जनतालाई बधाई छ । भगवानले तपाईलाई आशिष्‌ दिनुहुनेछ ।”

अरू देशले पनि यो कदमलाई पछ्याउने ट्रम्पको आशा छ । तर प्यालेस्टिनीहरूले आफूहरूसँगको द्वन्द्वको समाधान नभएसम्म त्यसो नगर्न आग्रह गरेका छन् । प्यालेस्टाइनसँगको विवाद अन्त्य गरेपछि मात्रै मान्यता दिने भन्दै दशकौँदेखि अधिकांश अरब राष्ट्रहरूले इजरेललाई बहिष्कार गर्दै आएका छन् ।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले सम्झौताको स्वागत गर्दै भनेका छन्, “यो इतिहासको एउटा निर्णायक दिन हो । यसले शान्तिको एउटा मिरमिरे बिहानीको उद्घोष गरेको छ।”

Tags

छुटाउनु भयो कि ?