Madhyabindu News App
राजनीति

कांग्रेसका महामन्त्री कोइराला अस्पताल भर्ना

Madhyabindu Online

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला ओम अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसिरहेका कोइराला अचानक ज्वरो आएपछि मंगलबार साँझ ओम अस्पताल भर्ना भएका हुन् ।

उनका स्वकीय सचिव भरत तिवारीका अनुसार ज्वरो कम नभएपछि राति ८ बजे कोइराला चाबहिलस्थित ओममा भर्ना भएका हुन् ।

अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला नेतृत्वको टोली कोइरालाको उपचारमा खटिएको छ ।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गराउँदा कांग्रेस महामन्त्री कोइरालालाई गत भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

Tags

छुटाउनु भयो कि ?