Madhyabindu News App
अन्तर्राष्ट्रिय

योसिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्री

Madhyabindu Online

काठमाडौं – जापानका नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित भएका छन् । बुधबार तल्लो सदनमा भएको मतदानमा जित हासिल गर्दै सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का नेता सुगा प्रधानमन्त्री चुनिएका हुन् ।

सिन्जो आबेले आफ्नो कार्यकाल सकिनुभन्दा अघि नै स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएपछि उनको बाँकी कार्यकालका लागि नयाँ प्रधानमन्त्रीको चयन गरिएको हो ।

सुगाले बुधबार साँज जापानका सम्राटसँग शपथ ग्रहण गरेपछि औपचारिक रुपमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने छन् । ७१ वर्षीय सुगा सन् १९९१ मा किची मियाजावापछि सबैभन्दा बढी उमेरका जापानी प्रधानमन्त्री भएका छन् ।
आबेको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिँदै थियो । सन् २०२१ को अक्टोबर २१ भन्दा अघि नै जापानमा आम चुनाव सम्पन्न गरिसक्नुपर्छ । त्यसैले सुगा कम्तीमा पनि आउँदो चुनावसम्म जापानको प्रधानमन्त्री पदमा रहनेछन् ।

Tags

छुटाउनु भयो कि ?