विचार-ब्लग

युवाले चाहे देश बन्छ !

Madhyabindu Online


A A- A+

पृथ्वी भुजेल –अहिले लाखौं बौद्धिक, उर्जाशिल,गतिशील र क्षमतावान युवा हरु बिदेशमा छन् ।  जो जहाँ भएपनी देशमा शान्ति, सुशासन, समृद्धिको लागि एक जुट भएर हाम्रा आवाज हरुलाइ बुलन्द पार्न धेरै ढिलो भैसकेको छ । हामीले देशको अवस्था र परिस्थितिलाई दोषलगाउदै उम्किन खोज्यौं भने तपाईं हाम्रा सन्तानले यो भन्दापनी गए गुज्रेको समाज देख्ने छन ।  अरुदेशको बिकास देखेर तपाइँ हामिलाइ पक्कैपनी सराप्ने छ्न । नेपालमा युवाबर्ग हुदाहुदै पनि देश आज बिकास र समृद्धिको त कुरै नगरौ दिनानुदिन भ्रस्टाचार, राजनितीक अस्थिरता,दण्डहिनता र अराजक झुन्ड हरुको दुस चक्रमा फस्दै गएको छ ।आज समाजको हरेक नसानसामा भ्रस्टाचारले जरा गाडेको छ । हामी युवाहरू यस्ता नराम्रा कामको बिरोध गरेर हरेक ठाउमा थिति बसाल्नुको सट्टा समाज बिग्रीयो, राजनितीले देश बिगार्यो भन्दै पन्छिनु कदापी न्यायोचित र क्षम्य हुन सक्दैन ।

आज हजारौं युवाहरू देशको राजनिती,सामाजिक चालचलन, आर्थिक अबस्थालाइ दोस दिदै पलायन हुने क्रम तिब्र गतिमा अगाडि बडेको छ । विशेष गरि राष्ट्रनिर्माण र समृद्धिका आधार स्तम्भ बौद्धिक र शिपमुलक युवा बर्गले देशमा राजनिती अस्थिरताले कामगर्ने उचित बाताबरण नभएको भन्दै देश छोड्ने क्रम जारी छ । यदि यहि क्रम चलिरहनेहो भने हामी कहापुग्ने हो यसै भन्न सकिन्न । नेपालमा भएका युवाहरू पनि एकताबद्ध हुनुभन्दा पनि ब्याक्तिगत र पार्टीगत स्वार्थ भन्दा माथी उठ्न सकेका छैनौ । हामी जिम्मेवारी पुर्बक हेरक क्षेत्रमा प्रस्तुत हुनुको साटो अरुलाइ दोष थुपार्दै उम्कन खोज्छौ । हामी मिहनेतको कमाइ भन्दापनी छलकपड गरेर चाडो धनी बन्न चाहान्छौ । हामी युवाबर्ग नितिनिर्माण देखि राष्ट्रनिर्माणको बैकल्पिक र सुन्दर मार्ग चित्र कोर्दै नेतुत्व तहमा पुग्ने भन्दापनी अरुलाइ सराप्दै उम्किने काम बाहेक राष्ट्र र जनताको जिबनमा परिबर्तन आउने केही गर्न सकेका छैनौ । हामी आफै अग्रसर भइ बिकास र समृद्धिको नेतुत्व लिनुपर्ने ठाउमा नेतुत्वमा पुग्नको लागि अरुको पुच्छर बनी रहेका छौ ।तर देश र जनताप्रती युवाको दाइत्व के हो भन्ने हामिले कहिले पनि महसुस गर्न सकेनौ । अबत अतिनै भयो केही गर्ने होइन ?

धेरै परिबर्तन र रुपान्तरणमा अग्रमोर्चा समालेका युवा आज देशको बिकास र समृद्धिको आन्दोलन समाल्न किन तयार भएनन ? अहिलेको आवस्यकता भनेको ब्यक्तिगत र पार्टीगत स्वार्थ र गुट भन्दा माथि उठेर शान्ति, बिकास, सुसासन र समृद्धिको लागि बिस्वभर छरिएर रहेका युवाहरुले हातमा हात र काधमा काध जोडेर अगाडि बढ्नु आवश्यक छ । साच्चै भन्नेहो भने हामी युवा एक जुट भयर लाग्ने हो भने हामी सजिलै नेपालको मुहार फेर्न सक्छौ । बिस्वमा जतिपनि देशले आर्थिक, सामाजिक,बिकास र प्रबिधिको छेत्रमा चमत्कार गरेर आज विकसित देशको रुपमा चिनिएका छन । ती देशमा युवाको नेतुत्व र सक्रियतामा आज चमत्कार गर्न सफल भयका छन । साधन श्रोत र जनशक्ती हुदाहुदै पनि कुसल ब्यबस्थापन र राज्यको निरिहताका कारण युवा शक्ति र साधन श्रोत खेर जादैछ ।

मरुभूमि लाई स्वर्ग बनाउने तागत र क्षमता भयको युवा शक्ति छरिएर भन्दापनी केन्द्रिकित भएर यो देश र जनताको लागी हातमा हात र काधमा काध जोड्ने बेला आएको छ । हामी युवा सधै अरुको आदेशपालना गर्ने रझोला बोक्ने काममा मात्र सिमित भयो भने अबको ५० बर्ष पछिपनी हामी अहिलेको भन्दा झन खतम अबस्थामा हुनेछौ । यदि हामी युवाले हाम्रै पालामा शान्ति ,समृद्धि,बिकास ,सुसासन,राजनीतिक स्थिरता र सामाजिक र आर्थिक उन्नति सहितको न्यायीक समाज देख्न चाहेका छौ भने एक चोटि ब्यक्तिगत स्वार्थलाई तिलान्जली दिएर सुन्दर ,शान्त विशाल नेपाल निर्माण गर्ने साझा संकल्प गरेर हरेक छेत्रमा अग्रपंक्तिमा आइ हस्तक्षेप कारी र नेतुत्वदायी भुमिका खेल्न आवश्यक छ ।